केही दिन पहिले मात्र ब्राजिलको टेलिभिजन रियालिटी शो बिग ब्रदरमा एक पुरुष प्रतियोगीले महिला प्रतियोगीमाथि बलत्कार गरेको घटना लाइभ प्रशारण गरिएपछि त्यसले ठूलै हंगामा मच्चाएको थियो । विश्वभरी नै टेलिभिजनको यस्तो कामप्रति आलोचना भएको थियो । यो घटना सेलाउन नपाउँदै फेरी अर्को त्यस्तै घटना सार्वजनिक भएको छ ।
स्कटल्याण्डको एक टेलिभिजन च्यानलमा पोर्न फिल्म प्रशारण भएको छ । एसटिभी च्यानलमा संचालन भैरहेको एक राजनीतिक बहसका क्रममा दर्शकहरुले टेलिभिजन स्त्रिmनमा पोर्न फिल्मको दृश्य देखेका हुन् । वास्तवमा उक्त बहस कार्यक्रममा पोर्न फिल्म देखाइएको भने होइन । स्टुडियो पछाडिको समाचार शाखामा काम गर्ने कुनै कर्मचारीले आफ्नो कम्प्युटरमा ब्लु फिल्म हेरिरहेको दृश्य स्त्रिmनमा देखिएको हो । त्यो दृश्यमा एक नग्न महिला कुनै पुरुषसँग यौनकार्य गरिरहेकी थिइन् ।
कार्यक्रम संचालक जन मेक्केले राजनीतिक विश्लेषक ड्यान हज सँग तात्तातो अन्तरवार्ता लिइरहेको बेलामा समाचार कक्षका सहकर्मीहरु गलत काममा लाग्दा टेलिभिजन च्यानल त लज्जित भयो नै दर्शकहरुले समेत लाज मान्नुपर्ने अवस्था आयो । यो घटनाबाट हाम्रा पत्रकारहरुले पनि सिक्नुपर्ने बेला आएको छ
भिडियो हेर्नको लागी तलको लिन्कमा क्लिक गर्नुहोला है ।
No comments:
Post a Comment