सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 15, 2012

पत्नीको गर्भाधानपछि भालेको बलिदान

यो समाचार पढ्दा अचम्म लाग्न सक्छ । यो धर्तिमा यस्ता पनि जिवजन्तु छन् जसमा सम्भोगको स्वाद लिएपछि पोथीले भालेलाई मार्छ, अनी खान्छ । सेक्सपछि पोथीले भालेलाई पक्रिन्छ र मुखमा राखेर चपाउँछ त्यसपछि निल्छ । भालेले पनि खुसी भैकन आफ्नो पार्टनरका लागि बलिदान दिन्छ ।
यो अनौठो यौनकथा मान्छेको भने होइन । यो एउटा माकुरोको कथा हो । एर्जिओप ब्रुनिपी प्रजातिको माकुरामा यस्तो पतिभक्षी कार्य हुन्छ । जर्मनीका वैज्ञानिकहरुले गरेको अनुसन्धानले पोथीले गर्भाधान गरिसकेपछि गर्भमा रहेको सन्तान सपि्रयोस् भनेर भालेलाई मारेर खाने गर्छ । सन्तानको भलाइका लागि आफ्नै जिवनसाथीको प्राण लिने पोथी र सन्तानकै लागि बलिदान गर्ने त्यस्ता भाले माकुरालाई सलाम त गर्नैपर्छ ।

यद्यपि कतिपय भाले भने सन्तानका लागि बलिदान गर्न तयार नहुँदा रहेछन् । अध्ययनका क्रममा सयमा ३० वटा भाले माकुरा सम्भोगपछि बलिदानी दिनुको साटो हतारहतार भागिहाल्ने रहेछन् । तर दोश्रोपटकको सम्भोगमा भने पोथी आफैले बल गरेर भएपनि त्यस भालेलाई सन्तानको खातिर बलिवेदीमा चढाउँदी रहेछिन् ।
संसारको सबैभन्दा ज्ञानी प्राणी मानिने मान्छेमा स्वार्थ मौलाउँदै गएको बेला यो बबुरो माकुराको बलिदानीलाई मान्नैपर्छ बा !

No comments:

Post a Comment