सामान्यतया बच्चा जन्मेको ८-९ महिनापछि मात्र दाँत आउन थाल्छ । बाल्यकालमा आएका दुधे दाँत पछि र्झछन् र स्थायी दाँत आउँछन् । पूरै ३२ वटा दाँता आउन २० वर्ष भन्दा पनि बढि लाग्नसक्छ । तर यो सिद्धान्तलाई भारतका एक नवजात शिशुले चुनौति दिएका छन् । उत्तर प्रदेशको फिरोजाबादमा जन्मिएको उक्त नवजात शिशुको जन्मिँदै ३२ वटा दाँत छन् ।
फिरोजाबादको जलेसर क्षेत्रको एक निजि अस्पतालमा स्थानीय एक महिलाले उक्त अनौठो शिशु बिहिबार जन्माएकी हुन् । जन्मिँदै ३२ दाँतको शिशुलाई हेर्न अस्पतालमा ठूलो भिड लागेको थियो । अनौठो बच्चा जन्मिएपछि सर्वसाधारणमात्र होइन अस्पतालका डाक्टरहरु पनि आश्चर्य चकित बनेका छन् । बच्चा पूरै स्वस्थ रहेको बताइएको छ । पूरै दाँत पलाएको बच्चा जन्मिएपछि राक्षस हो भनेर परिवारजन निकै डराए तर डाक्टरहरुले सम्झाएपछि उनीहरु पनि शान्त भए । परिवारजन त शान्त भए तर त्यहाँ आउने मानिसहरुले भने उक्त शिशु भगवानको स्वरुप भएको भन्दै पुजा गर्न पछि परेनन् ।
यसरी पूरै दाँत भएको बच्चा जन्मिएको घटना उत्तरप्रदेशमा पहिलो भएको बताइएको छ । यस्तो घटना विश्वमै विरलै हुने र लाखौँ बच्चामध्ये एकदुइ जनामा मात्र यस्तो विशेषता हुने चिकित्सकहरु बताउँछन् ।
No comments:
Post a Comment