२४ मंसिर, काठमाडौं ।
एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले असन्तुष्ट मोहन बैद्य किरण पक्षसँग सहमति गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई दिएको छ ।
आसन्न केन्द्रीय समितिको बैठकको तयारीस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको संस्थापन पक्षका नेताहरुको भेलाले पार्टीलाई एकतावद्ध पारेर लैजानु पर्नेमा जोड दिएको छ । भेलाले पुष ७ गतेबाट सुरु हुने केन्द्रीय समितिको बैठक अघि नै बैद्य पक्षसँग सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष भट्टराईलाई दिएको छ ।

बैठकले अहिले शान्ति र संविधान निर्माणको विकल्प नभएको निष्कर्ष पनि निकालेको छ ।
शान्ति र संविधानभन्दा बाहिर गए क्रान्तिबाट प्राप्त उपलब्धि गुम्ने, प्रतिक्रान्ति हुने संस्थापन पक्षको निष्कर्ष छ । जुनसुकै हालतमा पनि शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन प्रतिवद्ध भएर लाग्ने अर्का नेता गोपाल किराँतीले जानकारी दिनुभयो ।
भेलामा सहभागी केही नेताहरुले वैद्य पक्षले पार्टीलाई अप्ठयारो पारेको र पार्टी फुटाएर विदेशी र प्रतिक्रान्तिकारी शक्तिको सेवा गर्न लागेकोे भन्दै राजनीतिक र वैचारिक प्रतिवाद गर्नु पर्ने धारणा राखेका थिए । भेलामा प्रचण्ड र भट्टराई पक्षमा काठमाडौंमा उपलब्ध नेताहरुको सहभागिता थियो ।
No comments:
Post a Comment