काठमाडौ, मंसिर २४ -
ओछ्यानमा राम्रो प्रदर्शनको लोभ कुन पुरुषलाई नहोला ? यो मोहमा परेर कतिपयले मन औषधि सेवनतिर लगाउँछन् । तपाईं पनि यस्तो चक्करमा पर्नुभएको छ भने सावधान भइहाल्नुस् । यस्ता औषधिको बढी उपयोगले तपाईंको रति प्रदर्शनलाई सधैंका लागि समाप्त हुन सक्छ ।
पछिल्लो अध्ययनअनुसार, यौन क्षमता बढाउने औषधिको नियमित सेवनले सुरुसुरुमा ओछ्यानमा सफल देखाए पनि कालान्तरमा तपाईंको यौन क्षमता घटाउन सक्छ । यो निष्कर्षमा पुग्नुअघि वैज्ञानिकहरूले 'सेक्स पावर बढाउने चक्की' उपयोग गर्ने साउथ क्यालिफोर्नियाका करिब ३७ हजार व्यक्तिमाथि सर्वेक्षण गरेका थिए । त्यसमा ४६ वर्षदेखि ६९ वर्षसम्मका व्यक्तिहरू सामेल थिए । तीमध्ये २९ प्रतिशत पुरुषले त्यस्ता औषधिको बढी उपयोगका कारण उनीहरूलाई धेरै प्रकारको 'इरेक्टाइल डिस्फङ्सन' -लिंग उत्थानमा समस्या) भएको बताए ।
अध्ययन परिणामले के पनि स्पष्ट पार्यो भने यौन क्षमता बढाउने औषधि नियमित रूपमा सेवन गर्नेहरूलाई लिंगोत्थानमा कठिनाइ मात्र नभई उच्च बडीमास इन्डेक्स, मधुमेह, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप र अवसाद -डिप्रेसन) जस्ता समस्याले समेत ग्रस्त पार्छन् ।
अध्ययन दल प्रमुख डियाना सी लोडोन भन्छिन्, 'सर्वेक्षणको परिणामबाट हामीले थाहा पाएका छौं- दिनहुँ यौन क्षमता बढाउने चक्की सेवन गर्नेहरूले इरेक्टाइल डिस्फङ्सन र अन्य साइड इफेक्टहरूको सामना गर्नुपरिरहेको छ ।'
उक्त अध्ययनमा सामेलमध्ये ५७ प्रतिशत व्यक्तिहरू तिनभन्दा बढी किसिमका औषधि लिँदा रहेछन् । औषधिका अम्मलीहरूको उमेर बढेसँगै उनीहरूको लिने चक्कीको संख्यासमेत बढ्दै
जान्छ । सहभागीमध्ये ५० वर्षदेखि ५९ वर्षसम्म उमेर समूहका ५३ प्रतिशत व्यक्ति तीनभन्दा बढी प्रकारको औषधि उपयोग गर्नेमा पर्दा रहेछन् । ६० वर्षदेखि ६६ वर्षसम्म उमेर समूहमा यो संख्या बढेर ६६ प्रतिशत भयो ।
इरेक्टाइल डिस्फङ्सन यस्तो रोग हो, जसबाट विश्वभरिका पुरुष समस्यामा छन् । यसअघि गरिएको अध्ययनमा भनिएको थियो- विश्वभरिमा ६० वर्षभन्दा माथि उमेरका ३५ प्रतिशत व्यक्ति इरेक्टाइल डिस्फङ्सनबाट ग्रस्त छन् ।
यौनको पनि उमेर हुन्छ कम उमेरमा यौनसम्बन्ध राख्ने किशोरकिशोरीहरूको मानसिक विकास अवरुद्घ हुन्छ । ओहियो स्टेट विश्वविद्यालयअन्तर्गत कलेज अफ मेडिसिन्सका वैज्ञानिकहरूका अनुसार, किशोरावस्थामा तन्त्रिका प्रणाली विकासको प्रकृयामा हुन्छ । सँगै किशोरीको प्रजनन अंग समेत विकासको अवस्थामा हुन्छ । यस्तो बेला यौनसम्बन्धको व्यापक नतिजा देखिन सक्छ ।
कम उमेरमा यौनसम्बन्ध राख्नाले डिप्रेसनको स्तरसमेत बढी हुन्छ । यसैले किशोर वयमा यौनसम्बन्धबाट टाढै रहनुलाई राम्रो मानिएको हो ।
No comments:
Post a Comment