सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 13, 2011

२६ औँला भएको बिरालो : कमाइखाने भाँडो

अमेरिकाको विसकन्सिनमा रहेको एक पशु सुरक्षा केन्द्रमा एउटा अनौठो बिरालो छ । उक्त बिरालाका २६ वटा औँला छन् ।
सामान्य बिरालोमा १८ वटा औँला हुने गरेकोमा डेनियल नामको उक्त बिरालोका चारपाउमा अतिरिक्त २-२ वटा औँला छन् ।
बढि औँला भएको त्यस बिरालो आकर्षणको केन्द्र मात्र बनेको छैन उक्त सस्थाको आम्दानीको श्रोत समेत बनेको छ । सस्थाले यो बिरालोको नाममा आर्थिक सहयोग आह्वान गरेको छ । उसले बिरालोका हरेक औालाको १ डलरको हिसाबले २६ डलर सहयोग गर्न मानिसहरुलाई आग्रह गरेपछि बिरालाका नाममा सहयोग गर्नेको ओइरो नै लाग्यो । अहिलेसम्म बिरालोको नाममा ८६ हजार डलर जम्मा भैसकेको छ । अनाथ जनावरहरुको हेरचाह गर्ने यो सस्था बिरालोको नाममा उठेको रकमबाट जेनतेन चल्न सफल भएको छ ।
स्मरण रहोस् डेनियल धेरै औँला भएको बिरालोको रुपमा दोश्रो स्थानमा रहेको छ । क्यानडामा रहेको जेक नामको बिरालोका २८ वटा औँला छन् जुन विश्वमै सबैभन्दा धेरै औँला भएको बिरालोको रुपमा गिनिज बुकमा दर्ज छ ।

No comments:

Post a Comment