१ मंसिर, काठमाडौं ।
भौतिक योजना तथा निर्माणमन्त्री एवं तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीसँग १ सय ९४ तोला सुन र काठमाण्डौं प्रसस्त जग्गा भएको सम्पत्ति बिबरण सार्वजनिक भएको छ ।
त्रिपाठीले सार्वजनिक गर्नुभएको विवरणअनुसार उहाँसँग हाल केही सुनका औँठी, करिब एकसय ९४ तोला सुन र ३२ केजी चाँदी रहेको उल्लेख छ । बिबरणमा सुनचाँदी पत्नीको दाइजो, छोराछोरीबाट प्राप्त उपहार तथा खरिदबाट संचित रहेको उल्लेख छ ।
यस्तै त्रिपाठीसँग काठमाडौँको विष्णुगाउँ र भद्रकालीमा एक रोपनी ९ आना, ललितपुर भैसेपाटीमा दुई रोपनी २ आना र नयाँ बसपार्कनजिक दुई रोपनी ८ आना गरि काठमाण्डौंमा करिव ७ रोपनी जग्गा पत्नी शोभा त्रिपाठीको नाममा रहेको छ ।

त्रिपाठीसँग एभरेष्ट बैंक लि. मा तलव सुविधाबाट प्राप्त करिब ६ लाख रुपैयाँ सञ्चित रहेको, पत्नी शोभा त्रिपाठीको नाममा बैंक अफ एसियाको रु.५० हजार र नेपाल दूरसञ्चार संस्थानको रु १८ लाख ६० हजार रुपैयाँको शेयर रहेको छ । यसैगरी छोरी पल्लवी त्रिपाठीको नाममा प्राइम बैंकको रु.३० हजार रुपैयाँको शेयर रहेको छ ।
मन्त्री त्रिपाठीले जग्गा तथा गाडी खरिदका लागि प्रुडेन्सीयल इनभेष्टमेण्टबाट रु. दुई करोड ५ लाख, सिद्धार्थ रु. बैंकबाट एक करोड, हिमालय बैंकबाट रु २० लाख र कृषि विकास बैंकबाट रु नौ लाख सत्तरी हजार ऋण लिएको उल्लेख छ ।
मन्त्री त्रिपाठीका नाममा सुविधा प्राप्त प्राडो जिप एक पत्नी शोभा त्रिपाठीको नाममा वैगन आर एक, छोरी पल्लवीको नाममा हाइलक्स टोयटा गरि ३ वटा गाडी, होन्डा स्कुटी एक र दिनेश त्रिपाठी-दाई) को टेक्टर एक रहेको राससले जनाएको छ ।
No comments:
Post a Comment