सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, November 18, 2011

बिहेको केही मिनेटमै डिभोर्स

बंगलादेशमा पछिल्लो दिनमा एक नवविवाहिताको चर्चा छ, जसले बिवाह भएको केही मिनेटमा नै आफ्नो श्रीमानसाग डिभोर्स गरिन् । दाइजो मागेपछि फरजान यसमीनले बिवाह भएको केही मिजेटमा नै डिभोर्स गरेकी हुन् ।
यसमिनले भनेकी छिन्-म जान्दछु कि म एक्लैले यस्तो फैसला लिएर हजारौं महिलाहरुको जिन्दगी शायद बदलिँदैन । तर, कम्तिमा म आफ्नो लागि यो निर्णय लिएर उनीहरुलाई साहस दिनसक्छु । यसमीनले आफ्नो श्रीमानले दाइजो मागेर गरेको अन्यायविरुद्ध आफूले आवाज उठाएको मानवअधिकार संगठन आस्क राइट्स ग्रुपसाग आवद्ध सुल्ताना कमालले बताएकी छिन् ।
उनले बीबीसीसाग भनेकी छिन्-यसमीनले दाइजो जस्तो कुरितीविरुद्ध आवाज उठाएर हिम्मत देखाएकी छिन् । यसले यो प्रमाणित गरेको छ दाहिजो प्राथा महिला र परिवारका लागि कति पिडादायक छ भनेर । यसमीनको निर्णयपछि बंगलादेशमा सामाजिक सञ्जाल फेसबुट तथा ट्वीटरमा उनको समर्थन र विरोधमा क्रम ति्रब भएको छ । केही कट्टरपन्थी समूहले यसमीनको विरोध गरेका छन् । बंगलादेशमा दाइजो लिनु कानुनी रुपमा अपराध मानिन्छ तर, समाजमा अहिले पनि बिवाहमा जाइजो लिने प्रथा कायमै छ ।

No comments:

Post a Comment