भारतीय टेलिभिजन सोनीको कार्यक्रम कोन बनेका करोडपतीमा पाँच करोड जित्दै इतिहास रचेका सुशील कुमारले अहिले इनाम राशीको चोकको पर्खार्ईमा छन् । उनीसँग देश विदेशबाट आर्थिक सहयोगका लागि गुहार मागिएको छ, तर पुरस्कार राशी नपाउँदा के गर्ने भन्नेमा उनी अन्यौलमा छन् ।
पुरस्कारको बारेमा उनले भनेका छन्-’मैले अहिलेसम्म एक पैसा पनि पाएको छैन । च्यानलले न कुनै सूचना दिएको छ न फोन नै गरेको छ कि पुरस्कारको पैसा कुन माध्यमबाट म कहाँ आइपुग्छ ।’ सुशीललाई ट्याक्स काटाएर कति पैसा आफूले पाउँछु भन्ने समेत जानकारी दिइएको छैन ।
पैसा कहिले पाउने थाहा नभएपनि त्यसलाई कहाँ खर्च गर्ने भन्नेबारे भने उनले योजना बनाइसकेका छन् । ‘सबैभन्दा पहिले मेरो परिवार र म स्वयंमको अवस्था सुधार्नुछ । अहिले मेरो घर मर्मत गर्नुछ । यसका लागि पनि पैसा चाहिएको छ’ उनले भनेका छन्-’त्यसपछि म आफ्ना निकटकाहरुलाई सहयोग गर्छु ।’
No comments:
Post a Comment