सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 28, 2011

कस्तो केटासँग विहे नगर्ने ?

तपाई आफ्नो प्रेमी वा श्रीमानलाई खुब माया गर्नुहुन्छ हैन ? तर तपाईँले सोच्नुभएको छ, प्रेमी छान्नुभन्दा पहिले वा विहे गरेको अहिलेको श्रीमान तपाईको लागि योग्य थियो ? विहे गरिसक्नुभएको छ भने अब यसमा चिन्ता नलिनुस्, तर विहे गर्नुभएको छैन भने तलकोकुरामा ध्यान दिनुस् । 

कस्तो केटासँग विहे नगर्ने भन्ने कुरा धेरैलाई होइन, ग्ल्यामर म्यागाजिनले हरदम उदृत गर्ने,विहेवारी गरेको एक्सपर्ट, फादर प्याट कोनरसँग यसको जवाफ छ ।
अष्टे«लियामा जन्मेर हाल न्यु जर्सीमा बस्दै आएका क्याथोलिक पुजारी कोनरले ४० बर्षसम्म गरेको अध्ययनबाट केहि कुरा पत्ता लगाएका छन् । कस्तो खालको केटा वा केटीसँग विहे गरेपछिको दाम्पत्य जीवन सुखमय हुँदो रहेनछ भन्ने उनले खुलाएका छन् र उनले केहि सुझाव पनि दिएका छन् । 

उनले हचुवाको भरमा यस्तो सुझाव भने दिएका होइनन्, २०० दम्पत्तीसँगको लामो छलफलपछि निश्कर्ष निकालेका हुन् । उनले अहिले उच्च शिक्षा पढिरहेका युवतीहरुलाई यस्तो केटासँग प्रेम गर्नु, यस्तो केटासँग विहे गर्नु भन्दै प्रशिक्षण पनि दिँदै हिँडेका छन् ।
उनले केटीहरुले कस्तो केटा छान्न नहुने भनेर दिएका धेरैमध्ये ८ टिप्स यस्ता छन् :
१. आफ्नी आमासँग नजिक रहेको केटा वा आमाले विहे गर्न बल गरेको केटा
२. जो पैसामा दरिद्र छ
३. जोसँग साथी नै छैनन
४. केटा जसले समाजको छेउमा तपाईको कद घटाउने काम गर्छ
५. जसले आफुलाई कुरिरहेका कोहि मानिसप्रति रुखो व्यवहार देखाउँछ
६. जो धेरै हाँस्दैन, हसाउँन पनि जान्दैन
७. जो अधिकार बाँड्न चाँहदैन, परिवारमा एक्लै अघि बढ्न खोज्छ
८. जो तपाईको आवश्यकता वा माग पुरा गर्ने तत्परता नै देखाउँदैन

No comments:

Post a Comment