सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 7, 2011

गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर

कुनै व्यक्तिले साइकलबाट विश्वको भ्रमण गरेको कुरा हामी सबैले सुनका छौँ र नेपालीले समेत यस्तो साहसिक काम गर्न भ्याएका छौँ । तर क्यानडाका एक व्यक्तिले भने हिँडेरै पृथ्वीको चक्कर लगाएका छन् ।
५६ वर्षका जीन बेलिव्यूले ११ वर्षमा पैदल हिँडेर पृथ्वीको परिक्रमा गरेको दाबी गरेका छन् । आफ्नो ४५ औँ जन्मदिनको अवसरमा सन् २००० बाट पृथ्वीको पैदल यात्रा सुरु गरेका जीनले हालै परिक्रमा पूरा गरेका हुन् ।
जीनले पृथ्वीको परिक्रमाका क्रममा लामो मरुभूमि र अप्ठेरा पहाड पनि पार गर्नुपर्यो । मेक्सिकोमा जीनको एक युवतीसाग प्रेम समेत बस्यो । सूडानमा हुँदा उनले दाह्री पाले र पगरी समेत पहिरिए । अझ रोचक कुरा त के भने चीनमा हुँदा उनले आफुसँग खानको लागि खाना नभएपछि सर्प समेत खाएका थिए ।
फिलिपिन्समा जीनले गुरिल्ला विद्रोहीसँग जोगिनका लागि सैनिक सुरक्षामा सीमा पार गरेका थिए । स्मरण रहोस् जीनको पृथ्वी भ्रमणको पूरै खर्च उनकी गर्लफ्रेन्डले उठाएकी छिन् । विश्व शान्तिका लागि पृथ्वीको चक्कर लगाएको उनको दाबी छ ।

अपरिवर्तित परिवर्तन

ऊ त्यति बेला किसोर अबस्थाकै थियो, भारी बोकेर गुजारा गर्ने उसको बाबुले रातमा डराई-डराई “…अब श्री ३ को सरकार जान्छ र ‘रामराज्य’ आउँछ…” भनेको उसले सुन्ने गरेको थियो । ‘श्री ३’ र ‘श्री ५’ भनेको के हो भन्ने नबुझे पनि ‘रामराज्य’मा भने उसको विशेष ध्यान थियो । अक्षर-कागज नपढेको भएपनि गाउँमै सुनेको रामायणको कथाको आधारमा उसले सो ‘रामराज्य’ आएपछि सबैले सुख पाउनेमा ढुक्क थियो ।
श्री ३ फालिए, र प्रजातन्त्र पनि आयो । तर अचानक केही समयमै उसको बाबुको मृत्यु भएकोले सुख र रामराज्य चाहिँ हैन, बाबुको डोको र नाम्लो भने उसको थाप्लोमा आयो । जीवन गुजारा गर्न अर्को कुनै उपाय र सहारा नभएकोले उसले पनि बाबुकै जस्तो भारी बोक्ने काम सुरु गर्‍यो ।
उसले दशकौँ भारी बोकेपछि देशमा फेरि निकै हलचल भएको भान उसले पायो। ठूला-ठूला कुरा नबुझे पनि यस पाला भने देशमा असली प्रजातन्त्र आउँछ रे अनि सबैले सुख पूर्वक बाँच्न पाउँछन् रे भन्ने सम्म उसले पनि बुझ्यो । राजनैतिक वृत्त र उपल्लो तहमा के कस्ता परिवर्तन भए उसले भेउ सम्म पनि पाएन । तर गाउँकै नेताहरूले “…अब तिमीहरू सबै सही अर्थमा स्वतन्त्र भएका छौ…” भनेको उसले पनि सुन्यो ।

दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो

दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो
हाँसेकै छ जिबन भनी, ढाट्न पाए हुन्थ्यो
सताउछस् कती दैब, जीउने मन छैन अरु
मक्कउदै च्याती जीबन, फाट्न पाए हुन्थ्यो
कस्लाई पोखु बह मनको, भीडमा नी एक्लो म
आफ्नै मुटु चिरा पारि, काट्न पाए हुन्थ्यो
सहनुले सीमा नाग्यो, अती गरिस तैले दैब
देउता बस्ने मन्दिर नै, च्यातन् पाए हुन्थ्यो
दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो
हाँसेकै छ जिबन भनी, ढाट्न पाए हुन्थ्यो

Sunday, November 6, 2011

चप्पल चोर्ने कुकुर

भारतको वाराणसी स्थित चोलापुर इलाकामा पर्ने कटारी गाउँमा एक अनौठो स्वभाव भएको कुकुर छ । स्थानीय एक व्यक्तिले पालेको उक्त कुकुर जुत्ताचप्पल चोर्नमा व्यस्त हुने गरेको छ ।
शेरु नामको त्यस कुकुर अरुको घरमा गएर सुटुक्क जुत्ताचप्पल मुखमा च्याँपेर मालिकको घरमा ल्याउने गर्छ । उसले जुत्ता चप्पलमा कुनै नोक्सान पुराउँदैन र मालिकको घरमा ल्याएर लुकाएर राख्ने गर्छ ।
कुकुरको यस्तो बानीको कारण गाउँलेहरुलाई निकै सास्ती भएको छ । उनीहरुले जुत्ताचप्पल घरभित्रै राख्न थालेका छन् । पूजाआजा लगायतका समारोहमा शेरुबाट जुत्ताचप्पल जोगाउन चौकिदार नै नियुक्त गर्ने गरिएको छ । खेतबारीमा काम गर्दा समेत गाउँलेले बारीको छेउँमा चप्पल फुकालेर राख्न छाडेका छन् ।
कुकुरको चोरी आतंकका कारण मन्दिरहरुमा चप्पलको सुरक्षा गर्न चौकिदार नियुक्त गर्ने तयारी गरिएको छ । कुकुर आतंकको बारेमा गाउँलेले गाउँपञ्चायतमा उजुरी गरेपछि कुकुरको समस्या कसरी समाधान गर्ने होला भनेर गाउँ पञ्चायत पनि सोँचमग्न छ ।

मलेसियावाट १ हजार ४८ अबैध नेपाली कामदार स्वदेश फर्किए

क्वालालम्पुर । अवैधरुपमा विभिन्न मुलुकहरुवाट मलेसिया पुगेका कामदारहरुलाई मलेसिया सरकारले स्वदेश र्फकन दिएको समयसीमा (अक्टुबर ३१ तारिख ) भित्र करिव १ हजार ४८ नेपाली कामदार स्वदेश फर्किएका छन् । मलेसिया सरकारले दिएको आममाफी कार्यक्रम लागू भएदेखि (अक्टोबर ३१ ) सम्म १ हजार ४८ नेपाली कामदार स्वदेश फर्किएका हुन् ।
मलेसियाले तोकेको सीमाभित्र नेपालसहित इन्डोनेसिया, भारत, म्यानमार र भियतनामका गरी करिव २५ हजार ५ सय ६१ जना स्वदेश फर्किसकेका छन् । आममाफी कार्यक्रममा दर्ता भएका कुल १३ लाख ३ हजार १ सय २६ जना अवैध विदेशी कामदारमध्ये करिव ३३ हजार अवैध कामदार नेपाली थिए । आममाफी पाउने संख्याका आधारमा नेपाल तेस्रो स्थानमा पर्दछ ।
मलेसिया सरकारले दर्ता कार्यक्रममा दर्ता नगरेका, छुटेका र घर र्फकन दर्ता भएका कामदारका लागि स्वदेश र्फकने समय दिएको थियो । मलेसियाली सरकारको ‘पछिल्लो तथ्यांक अनुसार अक्टोबर ३१ सम्ममा १ हजार ४८ जना मात्रै स्वदेश फर्किएको मलेसियास्थित नेपाली दुतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले जानकारी दिनु भयो ।
भट्टराईले वैध भई काम गर्न कतिपयले राहदानीका लागि आवेदन दिइरहेको र संकलित आवेदन नेपाल पठाइसकिएको समेत जानकारी दिनु भयो । यसैवीच मलेसियको सरकारले अबैध कामदारलाई वैध हुन आउँदो जनवरी १० सम्मको समय दिएको छ ।